१३ बैशाख २०८१, बिहीबार
शुक्रबार, कार्तिक २८ १६:०६

भारतमा कोरोना भाइरसको संक्रमणले ज्यान जानेको संख्या १ लाख २८ हजार नाघ्यो।

ब्यूरो न्युज खबरचित्र।भारतमा कोरोना भाइरसको संक्रमणले ज्यान जानेको संख्या १ लाख २८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५२१ जनाको ज्यान गएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार ६८६ पुगेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ४३ हजार ८६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८७ लाख २७ हजार ९०० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८१ लाख १३ हजार ३४५ जना संक्रमणमुक्त भएका छन् । भारत कोरोना संक्रमितको संख्याको हिसाबले दोस्रो धेरै संक्रमित रहेको देश हो ।

Sharing is caring!

कैलालीका ५० सहित सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, कार्तिक २८ १६:०६
बैतडी को खोड्पे मा भएको दुर्घटना मा परि मृत्यु र घाइते हुनेको पहिचान खुल्यो।
शुक्रबार, कार्तिक २८ १६:०६
shares