८ बैशाख २०८१, शनिबार
शुक्रबार, कार्तिक २८ १५:५९

कैलालीका ५० सहित सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

खबरचित्र सम्बादाता धनगढी ।कैलालीका ५० सहित सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहिबार ३९७ जनाको परीक्षण गर्दा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ र २ का ३/३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसैगरी ठेगाना नखुलेका धनगढीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

कैलालीकै टीकापुर नगरपालिकाका १९ जना, बर्दगोरिया गाउँपालिकाका ६ जना, घोडाघोडी नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना, त्यसैगरी चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका १/१ जनामा समेत कोरोना पुष्टि भएको छ । 

यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका र डोटीको केआई सिह गाउँपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

Sharing is caring!

बैतडीको खोडपेमा बस दुर्घटना ९ जना को मृत्यु ३४ घाइते
शुक्रबार, कार्तिक २८ १५:५९
भारतमा कोरोना भाइरसको संक्रमणले ज्यान जानेको संख्या १ लाख २८ हजार नाघ्यो।
शुक्रबार, कार्तिक २८ १५:५९
shares