१३ बैशाख २०८१, बिहीबार
बैतडीको खोडपेमा बस दुर्घटना ९ जना को मृत्यु ३४ घाइते
शुक्रबार, कार्तिक २८ ०६:३८

बैतडीको खोडपेमा बस दुर्घटना ९ जना को मृत्यु ३४ घाइते

धनगढी–बैतडीको खोडपेमा गए राती बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ८ जनाको घटनास्थलमै र १ जनाको अस्पताल पुगाए लगत्तै मृत्यु भएको हो । ३४ जना जति घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर तर्फ आइरहेको ना ५ ख ५१४१ नम्बरको बस राती करिब १० बजेतिर बैतडीको पाटन नगरपालिका– ८ खोडपेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।  उनका अनुसार बस सडकबाट करिब ६ सय मिटर जति तल खसेको छ । घाइतेहरूलाई राती नै उद्धार गरी डडेलधुरा अस्पताल पुगाइएको छ । गम्भीर घाइते मध्ये ७ जनालाई डडेलधुराबाट थप उपचारका लागी धनगढी ल्याइँदै छ । प्रहरीले घटनास्थलबाट सबै शवहरू सङ्कलन गरी सकेको र अहिले बैतडी लगिन लागिएको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।मृतक र घाइतेको अहिले सम्म सनाखत भएको छैन

Sharing is caring!

बैतडीको खोड्पेमा बस दुर्घटना हुदा८जनाको ज्यान गयो २९घाइते।
शुक्रबार, कार्तिक २८ ०६:३८
कैलालीका ५० सहित सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, कार्तिक २८ ०६:३८
shares