शनिबार, कार्तिक २९ १२:५८
पर्सा को पटेर्वासुगौली गापा वार्ड नम्बर २ मा ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु
मेघराज राय जीराभवानी कार्तिक २९/

पर्साको पटेर्वासुगौली गाउँपालिका दुईमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु भएको छ ।पटेर्वासुगौली गाउँपालिकाको वडा नं. २ गादी पलोटाडीमा शुक्रबार सांझ ७ बजेतिर भएको ट्याक्टरको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको हो । ठक्करबाट पटेर्वासुगौली गाउँपालिका वडा नं. २ बस्ने वर्ष ५० को पैदलयात्रु ठग महतो थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक राजेश तिवारीले बताए ।घटना पश्चात ट्याक्टर चालक फरार भएको र ना ६ त ७६७१ नम्बरको ट्याक्टर ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली का प्रहरी निरीक्षक रामकाजी थापाले बताए ।
मृतकको घटनास्थलबाट प्रहरीले मुचुल्का गरी लास पोस्टमार्टमको लागि नारायणी अस्पताल बीरगन्ज पठाएको प्रहरीले जनाएको छ ।
