१३ बैशाख २०८१, बिहीबार
धनगढीमा १२ तोला सुन चोरी प्रकरणमा संलग्न भएको आशंकामा२जना पक्राउ ।
बुधबार, मंसिर ३ १७:०६

धनगढीमा १२ तोला सुन चोरी प्रकरणमा संलग्न भएको आशंकामा२जना पक्राउ ।

खबरचित्र सम्बादाता ।धनगढीमा १२ तोला सुन चोरी प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का एक स्थानीयको घरबाट मंसिर २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले चोरीमा संलग्न भएको आशंकामा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका २५ वर्षीय हर्क गिरीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीसँगै मोटरसाइकलमा सवार अर्का युवकलाई पनि पक्राउ गरिएको बताउँदै प्रहरी निरीक्षक थापाले संलग्न भए/नभएको बारेमा अनुसन्धान भइरहेकाले तत्काल नाम खुलाउन नमिल्ने दिनेश खबरलाई बताए । प्रारम्भीक अनुसन्धानबाट गिरी भने चोरीमा संलग्न रहेको खुलेको प्रहरी निरीक्षक थापाले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

Sharing is caring!

कञ्चनपुरको कृष्णपुर-२ वाणीमा आज दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते
बुधबार, मंसिर ३ १७:०६
मोरङ मा धान थ्रेसर लगाउने क्रममा आगलागी हुँदा १५ लाख बराबरको क्षति
बुधबार, मंसिर ३ १७:०६
shares