४ बैशाख २०८१, मंगलवार
कञ्चनपुरको कृष्णपुर-२ वाणीमा आज दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते
मंगलवार, मंसिर २ ००:००

कञ्चनपुरको कृष्णपुर-२ वाणीमा आज दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते

खबरचित्र सम्बादाता ,महेन्द्रनगर, १ मंसिर । पूर्व-पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको कृष्णपुर-२ वाणीमा आज दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३ र सुप प्र ०१-००८ प २८९ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट र यहाँको शुक्लाफाँटा नगरपालिका-१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीय सुनिता विष्ट घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि कैलालीको अत्तरीयास्थित पद्मा अस्पतालमा पु¥याइएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरीक्षक भरत धामीले बताए ।

Sharing is caring!

नेपाल मा२४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि
मंगलवार, मंसिर २ ००:००
धनगढीमा १२ तोला सुन चोरी प्रकरणमा संलग्न भएको आशंकामा२जना पक्राउ ।
मंगलवार, मंसिर २ ००:००
shares