१९ मंसिर २०७७, शुक्रबार
पुर्बपश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुई जनाको मृत्यु
बुधबार, मंसिर ३ १७:११

पुर्बपश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुई जनाको मृत्यु

झापा खबरचित्र सम्बादाता ।पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

उनका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ बस्ने २२ वर्षीय गगन तामाङ घाइते भएका छन् । उनीहरु दुवै जनाको विर्तामोडमा रहेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

Sharing is caring!

मोरङ मा धान थ्रेसर लगाउने क्रममा आगलागी हुँदा १५ लाख बराबरको क्षति
बुधबार, मंसिर ३ १७:११
डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गर्यो।
बुधबार, मंसिर ३ १७:११
shares