१९ बैशाख २०८३, शनिबार
डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गर्यो।
बुधबार, मंसिर ३ १७:१४

डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गर्यो।

खबरचित्र सम्बादाता धनगढी ।डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट प्रहरीले परशुराम नगरपालिका–९ जफती कुईयापानीका ३३ वर्षीय नरेशबहादुर बोहरालाई पक्राउ गरेको हो ।

भवितव्य ज्यान मुद्दाका फरार उनलाई बागबजारमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।

बोहरालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतले उनलाई ४ महिना १२ दिन कैद र ५ सय जरिवानाको सजाय सुनाएको प्रहरीले जनाएको छ ।

Sharing is caring!

Latest News

पुर्बपश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुई जनाको मृत्यु
बुधबार, मंसिर ३ १७:१४
धनगढीका एक युवकको कोरोना सङ्क्रमणका कारण भारतमा मृत्यु
बुधबार, मंसिर ३ १७:१४