१९ बैशाख २०८३, शनिबार
धनगढीका एक युवकको कोरोना सङ्क्रमणका कारण भारतमा मृत्यु
बुधबार, मंसिर ३ १७:१६

धनगढीका एक युवकको कोरोना सङ्क्रमणका कारण भारतमा मृत्यु

खबरचित्र सम्बादाता ।धनगढीका एक युवकको कोरोना सङ्क्रमणका कारण भारतमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–६ नजरिया टोलका अन्दाजी ३५ वर्षीय टिकाराम कुँवरको भारतको सुरतमा मंगलबार मृत्यु भएको उनका आफन्त डन्डीराज सुबेदीले जानकारी दिए ।

गुजरात सुरतमा काम गर्दै आएका उनलाई करिब चार महिना अघि सङ्क्रमण पुष्टि भएको थियो । सुरुमा सरकारी अस्पतालमा भर्ना भएका उनलाई उपचार हुन नसक्ने भन्दै पछि मिसन नामको निजी अस्पताल भर्ना गरियो । उनको उपचारका क्रममा ८ लाख बढी रकम खर्च भइसकेको थियो । उनको उपचारकै क्रममा हिजो मृत्यु भएको उनका आफन्त सुबेदीले जानकारी दिए ।

Sharing is caring!

Latest News

डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गर्यो।
बुधबार, मंसिर ३ १७:१६
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्ठि ।
बुधबार, मंसिर ३ १७:१६