बुधबार, मंसिर ३ १७:१९
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्ठि ।

खबरचित्र सम्बादाता ।पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९ सय १७ जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप ३ हजार ५ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १ लाख ८२ हजार ७ सय ८० जना उपचारपछि निको भएका छन् । त्यस्तै, नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ५९ पुगेको छ । २८ हजार ८ सय ७८ जना आइसोलेसनमा रहेका छन् ।
