१९ बैशाख २०८३, शनिबार
पर्सामा बिकास पुरुष बने छिपहरमाई गापा अधयक्ष गुप्ता चिकित्सक एम,बिबि,एस, र ल्याब सेवा शुरु
बुधबार, मंसिर ३ १७:५०

पर्सामा बिकास पुरुष बने छिपहरमाई गापा अधयक्ष गुप्ता चिकित्सक एम,बिबि,एस, र ल्याब सेवा शुरु

राजन कुमार बानिया
पर्सा ३ मंसिर
पर्साको छिपहरमाई गाउँपालिका वाड नं २ टिहुकी सेढा मा रहेको बर्थिंग सेन्टर मा अाज देखि एम.बिबि.एस. र ल्याब टेक्निसियन समेत को सेवा संचालन मा ल्यार गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता बिकास पुरुष कायम भएका छन।सानो कद र ठुलो सोच बोकेका काम गर्न फुर्तिलो र जांगरिलो देखिएका पर्सा को छिपहरमाई गाउँपालिका अधयक्ष मनोज कुमार गुप्ता ले सानो समयमा जनता हरु को मन जितन सफल भएका छन।उठे देखि अहोराती सम्म काम गर्ने शैली प्रति कुनै गाउँबासी हरु को गुनासो छैन।गाउँपालिका को जनता हरु ले काम लिएर अाउने सेवाग्रही हरु लाईअादर पर्वक गुनासो सुनि हुने कुरालाई तत्काल संबोधन गर्ने उनको अादत रहेका छन।बिकास को कुरामा सचेत र प्रबुद्ध बर्ग को उस लाई सहयोग र समर्थन पाएको ले स्थानिय बिकास पुरुष को रुपमा हेरेका छन। प्रदेश को पहिलो विकट को रुपमा रहेको पर्साको छिपहरमाई गाउँपालिका लाई नमुना को रुपमा बनाएर जनता को मन जितेका छन। जनतालाई छिटो र सरितो सेवा दिनको लागि संचालनमा ल्याएको हो । अब आउने दिनमा सदरमुकाम धाउने दिन गयो । अबको दिनमा सम्पूर्ण सेवा आफ्नै गाउँ ठाउँ मा निःशुल्क पाउने भएका छन । स्वास्थ्य समस्यालाई लिएर भारतको विहार मैनाटाड, बेतिया, ईनार्रवा, सिकटा र पर्साको सदरमुकाम विरगंजमा उपचार गराउनको लागि दिन भरि समय र पैसा बढि लागी रहेको ले प्रतेक वाड हरु बर्थिंग सेन्टर स्थापना गरिने र टिहुकी सेढा मा रहेको बर्थिंग सेन्टर मा दक्ष चिकित्सक एम,बिबि ,एस,र ल्याब टेक्ननिसीयन ल्याई सेवा संचालनमा ल्याएको छ । आउने दिनहरुमा गाउँपालिकाको पांच वटै वडाहरुमा एम.बिबि.एस. चिकित्सक र ल्याब टेक्निसियन र एम्बुलेन्स सहित को सेवा संचालनमा ल्याउने गापा अधयक्ष गुप्ता ले बताए । अहिले सम्म दूई वटा वडा हरु मा बर्थिंग सेन्टर मा एम्बुलेन्स सेवामा संचालन गरिए को बताए ।

Sharing is caring!

Latest News

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्ठि ।
बुधबार, मंसिर ३ १७:५०
धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको ज्यान गयो।
बुधबार, मंसिर ३ १७:५०