१९ बैशाख २०८३, शनिबार
काठमाडौमा रहेको  ‘एभियसन म्युजियम’ आजबाट पुनः सञ्चालनमा
बिहीबार, मंसिर ४ ११:१३

काठमाडौमा रहेको ‘एभियसन म्युजियम’ आजबाट पुनः सञ्चालनमा

काठमाडौँ–कोभिड–१९ को सङ्क्रमणका कारण विगत आठ महिना देखि बन्द काठमाडौँ सिनामंगलमा रहेको ‘एभियसन म्युजियम’ आजबाट पुनः सञ्चालनमा आएको छ । म्युजियमका सञ्चालक क्याप्टेन वेद उप्रेतीले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउँदै आजबाट म्युजियम सञ्चालन गरिएको बताए ।  म्युजियममा जानेहरूले बिश्वस्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार २ मिटरको सामाजिक दुरी, मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने उप्रेतीले बताए । क्याप्टेन वेद उप्रेती ट्रस्टले अघिल्लो साता मात्रै  कञ्चनपुरमा सात करोड लगानीमा बनाइएको हेली म्युजियम पनि सञ्चालनमा ल्याएको छ । ट्रस्टले पहिलो पटक धनगढीमा एअर क्राफ्ट म्युजियम सञ्चालनमा ल्याएको थियो ।  

Sharing is caring!

Latest News

धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको ज्यान गयो।
बिहीबार, मंसिर ४ ११:१३
संघियता खारेजी संगै हिन्दु राष्ट सहितको राजसंस्थाको माग गदै धनगढीमा वृहत प्रर्दशन
बिहीबार, मंसिर ४ ११:१३