४ बैशाख २०८१, मंगलवार
उत्तर प्रदेशको प्रतापगढ जिल्लामा विहीबार राति जन्ती बोकेको जिप दुर्घटनामा हुँदा  १४ जनाको ज्यान गयो।
शुक्रबार, मंसिर ५ ०९:०५

उत्तर प्रदेशको प्रतापगढ जिल्लामा विहीबार राति जन्ती बोकेको जिप दुर्घटनामा हुँदा १४ जनाको ज्यान गयो।

उत्तर प्रदेशको प्रतापगढ जिल्लामा विहीबार राति सडक दुर्घटनामा १४ जनाको ज्यान गएको छ । ज्यान जानेमा ६ जना बालबालिका पनि रहेका छन् । प्रहरीले चालकलाई निद्रा लागेपछि दुर्घटना भएको अनुमान गरेको छ । रोकिरहेको ट्रकमा जीप ठोक्किँदा पूर्णरुपमा क्षति भएको छ ।

प्रहरीका अनुसार ढोका काटेर शव निकालिएको छ । ज्यान जानेमा १२ जना कुन्डा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् भने ड्राइभर र एक बच्चा भने छिमेकी गाउँका हुन् । उनीहरु नवाबगंज थाना इलाकाको शेहपुरा गाउँमा जन्त गएका थिए ।

जीप ट्रकसँग ठोक्किएको शक्तिशाली आवाज सुनेपछि स्थानीयहरु घटनास्थलमा पुगेका थिए । दुर्घटना प्रति मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । उनले सरकारी अधिकारीहरुलाई घटनास्थलमा पुग्न र पीडित परिवारलाई सम्भव भएजति सहयोग गर्न निर्देशन दिएका छन् 

Sharing is caring!

नेपालमा थप २ हजार १ सय ३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि
शुक्रबार, मंसिर ५ ०९:०५
कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.५ का वडाध्यक्षको सब झुण्डिएको अवस्थामा फेला।
शुक्रबार, मंसिर ५ ०९:०५
shares