शुक्रबार, मंसिर ५ ०९:०५
उत्तर प्रदेशको प्रतापगढ जिल्लामा विहीबार राति जन्ती बोकेको जिप दुर्घटनामा हुँदा १४ जनाको ज्यान गयो।

उत्तर प्रदेशको प्रतापगढ जिल्लामा विहीबार राति सडक दुर्घटनामा १४ जनाको ज्यान गएको छ । ज्यान जानेमा ६ जना बालबालिका पनि रहेका छन् । प्रहरीले चालकलाई निद्रा लागेपछि दुर्घटना भएको अनुमान गरेको छ । रोकिरहेको ट्रकमा जीप ठोक्किँदा पूर्णरुपमा क्षति भएको छ ।
प्रहरीका अनुसार ढोका काटेर शव निकालिएको छ । ज्यान जानेमा १२ जना कुन्डा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् भने ड्राइभर र एक बच्चा भने छिमेकी गाउँका हुन् । उनीहरु नवाबगंज थाना इलाकाको शेहपुरा गाउँमा जन्त गएका थिए ।
जीप ट्रकसँग ठोक्किएको शक्तिशाली आवाज सुनेपछि स्थानीयहरु घटनास्थलमा पुगेका थिए । दुर्घटना प्रति मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । उनले सरकारी अधिकारीहरुलाई घटनास्थलमा पुग्न र पीडित परिवारलाई सम्भव भएजति सहयोग गर्न निर्देशन दिएका छन्
