८ बैशाख २०८१, शनिबार
शुक्रबार, मंसिर ५ २३:४१

मालपोत कार्यालय दाङका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे ३लाख२०हजार घुस रकम सहित अख्तियार को फन्दामा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बाँके, नेपालगञ्जले मालपोत कार्यालय दाङका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुस सहित समातिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित मालपोत कार्यालयबाट उनीहरुलाई अख्तियारको टोलीले शुक्रबार ३ लाख २० हजार रुपैयाँ घुस रकम सहित रंगे हात समातिएका हुन् ।

उनीहरुले सुकुम्बासी जग्गा नापजाँच गरी पुर्जा उपलब्ध गराउने बहानामा सेवाग्राहीसँग पैसा लिदै गर्दा समातिएको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ ।

उनीहरुलाई अहिले नियन्त्रणमा लिएर नेपालगञ्ज लगिएको जनाइएको छ । नेपालगञ्ज सम्पर्क कार्यालयले दाङ, बाँके र बर्दियालाई हेर्ने गर्छ ।

Sharing is caring!

पाटन नगरपालिका बैतडी ले छाडा चौपाया व्यवथापन गर्ने भन्दै ३४ ओटा गाई गोरु भिरबाट खसाल्यो ३४गाई गोरु।
शुक्रबार, मंसिर ५ २३:४१
भारतको बेङ्ग्लोर जयनगर मा अटो दुर्घटना हुदा बझाङ का एक जना घाइते।
शुक्रबार, मंसिर ५ २३:४१
shares