१४ बैशाख २०८१, शुक्रबार
नेपालगन्ज म्याराथनको उपाधि जित्दै पार्की ओलम्पिकमा छनोट
शनिबार, मंसिर ६ १८:४१

नेपालगन्ज म्याराथनको उपाधि जित्दै पार्की ओलम्पिकमा छनोट

नेपालगञ्ज म्याराथनको छैटौ संस्करणको उपाधि विभागीय टोली एपिएफका गोपिचन्द्र पार्की र पुष्पा भण्डारीले जितेका छन् । उपाधि जितेसंगै दुबैले आसन्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । पुरुषतर्फ पार्किले निर्धारित दुरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पुरा गरे । उपाधिसंगै उनले ७५ हजार रुपैया प्राप्त गरे ।

छैटौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् ।

नेपालगन्जमा शनिबार भएको म्याराथनमा त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै गोपीले उपाधि जितेका हुन् ।

उपाधि जित्ने क्रममा गोपीले निर्धारित दुरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरे ।

दोस्रो भएका कृष्णले २ घण्टा २० मिनेट ४९ सेकेन्डको समय निकाले ।

आर्मीकै खगेन्द्र भाट २ घण्टा २७ मिनेट २८ सेकेन्डको समय निकाल्दै तेस्रो भए ।

आर्मीकै नवराज साउद चौथो, ज्ञानप्रसाद भट्टराई र मुकेश बहादुर पाल छैटौं, जगदीश गिरी सातौं र दाङका सनम घर्ति आठौ भए ।

Image may contain: 1 person, text and outdoor

उपाधिसँगै गोपी आगामी वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदका लागि छनोट भएका छन् ।

कोरोना भाईरसको महामारीको कारण अन्य प्रतियोगिता नहुँदा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनको विजेताले ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो।

गोपी नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण विजेता खेलाडी समेत हुन् । सागमा गोपीले ५ हजार मिटरको दौडमा स्वर्ण जितेका थिए ।

पुरुषतर्फको विजेता बनेका गोपीले ७५ हजार नगद समेत प्राप्त गरे । यस्तै दोस्रोले ३० हजार र तेस्रोले २० हजार प्राप्त गरे ।

त्यसबाहेक चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौंले ५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितिन् ।

निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै पुष्पाले उपाधि हात परेकी हुन् ।

कर्णाली प्रदेशकी मन्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेन्डको समय निकाल्दै दोस्रो भईन् ।

१ घण्टा ३८ मिनेट १४ सेकेन्डको समय सहित शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरिन् ।

यस्तै शकुन्तला ठगुन्ना चौंथो अनिशा चौधरी पाँचौ र कल्पना चौधरी छैटौं भए ।

Image may contain: 1 person, standing, child and outdoor

महिला हाफ म्याराथनतर्फको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै चौथोले ७, पाँचौंले ६ र छैटौंले ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेताहरुलाई राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपालगञ्ज उप महानगरपालिकाका मेयर धवल शमशेर राणा, दुग्ग खेड गु्रपका महाप्रबन्धक प्रदीप छाजेड, आर्शीवाद पेन्ट्सका किरण कार्की, राष्ट्रिय वाणिज्य बैंकका लुम्बिनी प्रमुख आनन्द सुवेदी,एक्सन एडका कार्यक्रम निर्देशक विष्णु पौडेल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

सोही अवसरमा नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर समेत रहेका एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई एथलेटिक्स विकासमा योगदान पुर्याएमा आयोजक क्रिएटिभ ह्यान्ड्सले ५ हजार रुपैयाँ सहित सम्मान गरेको थियो ।

समापनमा क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले नेपालगन्ज म्याराथनको सातौं संस्करण २०७८ मंसिर ४ गते शनिबार आयोजना हुने घोषणा गरेका थिए । सभार :खेलपाटी

Sharing is caring!

सुदूरपश्चिममा कोरोना सङ्क्रमण कारण पहिलो स्वास्थ्यकर्मीको निधन
शनिबार, मंसिर ६ १८:४१
डोटी घर बताउने महिला कैलालीको जंगलमा फेला परिन
शनिबार, मंसिर ६ १८:४१
shares