पर्सामा चिसो बढे सङ्गै ठोरीको पर्यटकिय स्थल तथा पिकनिक स्पोर्ट्समा चहलपहल सुरु
मेघराज राय जीराभवानी / मंसीर ८ठोरीको पर्यटकीय स्थल तथा पिकनिक स्पोर्ट्सहरुमा चहलपहल सुरु भएको छ।दीपावली सकिएको र छट पनि सकिएसँगै आन्तरिक पर्यटकहरुको आवतजावत सुरु भएको हो। आईतवार बिरगंज ,कलैया, पोखरीया जीराभवानी पटेर्वासुगौली लागाएतका स्थानका व्यक्तिहरु स परिवार आएर पिकनिक मनाएका थिए।शनिबार पनि ठोरीको पिकनिक स्पोर्ट्सहरुमा उल्लेख भिड रहेको थियो।
भारतीय नागरिकहरु भने नेपाल प्रवेश नगरेको सशस्त्र प्रहरी निरीक्षक दिपक दाहलले बताए। दाहालका अनुसार भारतीय यसयसबिले पनि निग्रानी गरिरहेको छ भने सशस्त्र प्रहरीहरुले पनि कडाइका साथ सीमामा निग्रानी गरिएको छ।
प्रत्येक वर्ष यो सिजनमा आन्तरिक तथा वाह्यपर्यटकहरुको घुँइचो लाग्ने गरेको भएता पनि यस वर्ष भने बल्लतल्ल अलिअली आन्तरिक पर्यटकहरु आउन सुरु गरेको निर्मल ठोरी उपभोक्त समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए।
ठोरी गाउँ पालिका भित्रका विभिन्न गाउँटोलका व्यक्तिहरु पनि दैनिक जसो बनभोज मनाउन आउन थालेका छ्न् भने ठोरी बहिरका पनि छिटफुट सहभागी हरु आउने गरेका स्थानीयहरुको भनाइ छ।
ठोरीको राइधारा, ठुटेखोला परिसर, लगाएतका स्थानहरु केही दिनदेखि भरिभराउ हुन थालेको छ।
कोभिड १९ले गर्दा नेपाल भारतको सीमा नाका औपचारिक रुपमा नै बन्द भएका कारणले भने भारतीय पर्यटकहरु भने ठोरी आउन पाएका छैनन् ।