बर्दादेबी टुर्स एन्ड ट्राभल्स को लुट तन्त्र रोकिएन ,पुनाका लागि पठाइएका यात्रु सुरत मा अलपत्र ।
बिष्णु जोशी धनगढी ।
नेपाल-भारत बस सञ्चालन गर्दै आएको बर्दादेवी टूर एण्ड ट्राभल्सले फेरि एक पटक सयौं नेपालीहरुलाई अलपत्र पारेको छ । कैलालीको धनगढीबाट मुम्बई र पुणेका लागि भन्दै लिएर आएको करिब १५० जनालाई सुरतमा अलपत्र पारेको बताइएको छ। एउटै बसमा ९०जना सवार भएपनि डेढ सय जना लाई बर्दादेवी टूर एण्ड ट्राभल्सले लिएर आएको बताइएको छ। यात्रुका अनुसार बर्दादेवी टूर एण्ड ट्राभल्सले पहिला त एक रातभरि पलियामै रोकाएको र त्यसपछि बाटोभरि आफ्नो मनमर्जी गर्दै आएको र अन्त्यमा पुणे र महाराष्ट्र जानुपर्ने यात्रुहरुलाई सुरतको एक हाइवेमा छोडेको छ । केही नभनि आज दिउँसो १२ बजे सुरत पुऱ्याएको ट्राभल्सले त्यहाँबाट गाडी बद्लिने बताएको तर अहिलेसम्म गाडीको व्यवस्था नगर्दा साना-साना बालबालिका, महिला र अन्य यात्रुहरु समस्यामा परेका छन । जाडोको मौसम र कोभिड-१९ महामारीका बिच यसरी अलपत्र पारेपछि उनिहरुले सहयोगका लागि विभिन्न संघ-संगठनहरुलाई मदत मागेका छन । उनिहरु अहिले सुरतको न्यू निलम होटलमा रहेको जानकारी प्राप्त भएको छ।उनी हएउ बाट३ हजारदेखि ४ हजार भारु सम्म भाडा लिइएको छ । उनिहरु मध्ये कयौं मानिसहरुसँग गर्भवति महिलासमेत रहेकाले उनिहरु निस्किरहेका छन । यात्रुहरुसँगै रहेका ट्राभल्सका स्टाफसँग घटनाबारे जान्न खोज्दा भने उनले फोन उठाएका छैनन।यश अघिपनी ट्राभल्स ले बेङ्ग्लोर जाने यात्रु लाई पुना मा अलपत्र पारेको थियो

