३१ असार २०८३, बुधबार
पर्सामा हरेक एक बर्षमा लाग्ने सातोमाईको शक्तिपीठहरुमा योबर्ष मेला नलाग्ने
आईतवार, मंसिर १४ १९:२७

पर्सामा हरेक एक बर्षमा लाग्ने सातोमाईको शक्तिपीठहरुमा योबर्ष मेला नलाग्ने


मेघराज राय जीराभवानी / मंसिर १४

कोभिड १९ को महामारीका कारण पर्साको ग्रामीण भेगमा लाग्ने कातिक शुक्ल चतुर्दशीका सातोमाईका मेलाहरु प्रभावित भएका छन। आजको दिन जिल्ला वन कार्यालय अन्तर्गतका जंगलमा लाग्ने पाच वटा शक्तिपिठहरुमा लाग्ने मेला नलाग्ने भएका छन। ठोरी गाउपालिका वडा ५ मा रहेका बाघमोर्चा माई, जिराभवानी गाउपालिका वडा नं ५ मा रहेका सुगीभार माई, पटेर्वासुगौली गाउँपालिका वडा नं १ मा रहेका गादी माई, पर्सागढी नगरपालिका वडा नं १ रहेका कोइलाभाई माई र पर्सागढी नगरपालिका वडा नं ३ रहेका आमोदेवी माईको मेला यस पाली नलाग्ने भएका छन।
जीराभवानी गाउपालिका वडा नमर पाच सखुवनिया निवासी मुक्ति दास थारुले प्रशासनले मेला लगाउने अनुमति नदिएका हुदा मेलाहरु न लाग्ने बताए। आज दिनमा मन्दिरमा जल चढाई समान्य रुपमा पूजा अर्चना गर्ने र भोली पूर्णिमाको दिन बली चढाई संस्कृति तथा परम्परालाई संरक्षण गर्ने थारुले बताए।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशन अनुसार मेला लाग्न नदिने सम्बन्धित मेला समितिलाई सूचना दिइ सकेको बताए। नमाने प्रहरीले मेला उठाउने प्रहरी निरीक्षक थापाले बताए।

Sharing is caring!

कञ्चनपुर प्रहरीले नक्कली नोट सहित एक जनालाई पक्राउ गर्यो।
आईतवार, मंसिर १४ १९:२७
भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघ्यो।
आईतवार, मंसिर १४ १९:२७