मंगलवार, मंसिर १६ १९:४९
अर्घाखाँचीमा एक पुरुषको शव खोलामा फेला

खबरचित्र सम्बाददाता धनगढी ।अर्घाखाँचीमा एक पुरुषको शव खोलामा फेला परेको छ ।
तीन दिनदेखि बेपत्ता सन्धिखर्क नगरपालिका–१ हस्पिटल लाइनका ५५ वर्षीय लक्ष्मण न्यौपानेको शव बाँगी खोलाको सोन्ठेमा फेला परेको प्रहरीले जनाएको छ ।
न्यौपाने आइतबार दिउँसो ४ बजे घरबाट निस्किएका थिए। घरबाट निस्किएर बेपत्ता भएका उनको खोजी गर्दा बाँगी खोलामा पानीमा डुबिरहेको अवस्थामा प्रहरीले शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।