४ माघ २०७७, आईतवार
बर्दादेवी टुर एण्ड ट्राभल्सका अध्यक्ष सहितका ४ जना विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर(नाम सहित)
बुधबार, मंसिर १७ १८:५७

बर्दादेवी टुर एण्ड ट्राभल्सका अध्यक्ष सहितका ४ जना विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर(नाम सहित)

खबरचित्र सम्बाददाता ।रोजगारीका लागि भारत गएका यात्रुहरुलाई दुःख दिएको र ठगेको आरोप लागेको धनगढीको बर्दादेवी टुर एण्ड ट्राभल्सका अध्यक्ष सहितका ४ जना विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर भएको छ ।

उनीहरु विरुद्ध पीडित युवाहरुले मुद्दा दर्ता गराएपछि अध्यक्ष रमेश विश्वकर्मा, रुद्र जाग्री, खेम जोगी र अर्जुन जैगडीलाई पक्राउ गरिएको छ । जिल्ला प्रशासन कैलालीबाट अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरुको बिरुद्ध सार्वजनिक हित बिरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको हो । नाम सार्वजनिक गर्न प्रहरीको आनाकानी
कैलाली प्रहरीले भने नाम सार्वजनिक गर्न आनाकानी गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले व्यस्त रहेके भन्दै सहकर्मीलाई फोन दिए । उनका सहकर्मीले अर्काे फोनमा व्यस्त रहेको प्रतिक्रिया दिए । हामीले ५ बजेर १३ र २२ मिनेटमा उनलाई फोन मार्फत सम्पर्क गरेका थियौँ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम समशेर जवराले जानकारी नभएको प्रतिकया दिए । उनले ७ दिनको समय दिएको बताएपनि आरोपितहरुको नामको टिपोट नभएको बताएका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अनुसन्धानका लागि ७ दिनको म्याद थएिको बताए । उनले सार्वजनिक कसुर विरुद्धको मुद्दा भएकाले पुनः कारवाहीका लागि जिल्ला प्रशासन आउने जानकारी दिए ।मनको मझेरि

Sharing is caring!

Latest News

पर्साको ग्रामीण क्षेत्रमा पुनह गाजा खेति सुरु पर्सा प्रहरी द्वारा फडानी तीब्र गतीमा
बुधबार, मंसिर १७ १८:५७
नायिका श्वेता खड्का बिबाह बन्धनमा बाँधीदै
बुधबार, मंसिर १७ १८:५७
shares