३० असार २०८३, मंगलवार
पर्साको ग्रामीण क्षेत्रमा पनि राजाबादीको जुलुस तथा प्रदर्सन
शुक्रबार, मंसिर १९ १६:५२

पर्साको ग्रामीण क्षेत्रमा पनि राजाबादीको जुलुस तथा प्रदर्सन

मेघराज राय पर्सा जीराभवानी / मङ्सिर १९/ लोकतन्त्र विरोधीहरूको चलखेल पछिल्ला दिनमा ह्वात्तै बढेको छ । रूपन्देहीको बुटवलबाट सुरु भएको राजावादीहरूको प्रदर्शन मुलुकका मुख्य सहरहरूमा ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा खुलेआम लाग्न थालेको छ । प्रतिगमनको पक्षमा भित्रभित्रै गतिविधि हुन थालेको एक दशक नाघिसके पनि खुलेआम गतिविधि भने भएका थिएनन् । तर केही सातादेखि देशका प्रमुख सहरमा राजतन्त्र पुनर्बहाली गनुपर्ने माग अघि सार्दै राष्ट्रिय झन्डा बोकेर प्रदर्शन भइरहेको छ ।आज पर्सा जिल्लाको जीराभवानी गाउँपालीकामा वार्ड नम्बर एकको बलुवामा पनि राजावादीहरुले मजिद मियाको नेतृत्वमा प्रदर्शन गरेका छ्न । राजसंस्था जिन्दावाद, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, हिन्दु राष्ट्र कायम गर, राजा ल्याऊँ, देश बचाऊँ’ जस्ता नारा लगाउँदै सयौंको संख्यामा रहेकाहरूले बालुवा टोलमा परिक्रमा गरेका थिए, प्रदर्शनमा पुर्ब राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूको प्रत्यक्ष सहभागिता देखिएको थियोे ।

Sharing is caring!

नायिका श्वेता खड्का बिबाह बन्धनमा बाँधीदै
शुक्रबार, मंसिर १९ १६:५२
पर्साको ग्रामीण क्षेत्रमा बिगत एक साता देखि बिहानीपख नियमित बिद्युत अवरोध हुन थाल्यो
शुक्रबार, मंसिर १९ १६:५२