पर्साको ग्रामीण क्षेत्रमा बिगत एक साता देखि बिहानीपख नियमित बिद्युत अवरोध हुन थाल्यो
मेघराज राय पर्सा जिराभवानी /मङ्सिर २०/

पर्साको ग्रामीण क्षेत्रमा दैनिक रुपमा बिहान करीब २ बजेदेखि ८ बजे सम्म बिद्युत अवरोध हुन थालेको छ नियमित रुपमा बिद्युत अवरोध हुन थालेपछि स्थानीय बासी मर्कामा परेका छ्न । बिद्युत अवरोध भएपछि अन्धकार हुने भएकाले पर्साको उतरी जङ्गल क्षेत्रमा जंगली जनावरहरु गाउँमा पसेर बाली नष्ट गरी पसुपन्क्षीलाई समेत आक्रमण गर्न थालेको ठोरी गाउँ पालीका वार्ड नम्बर पाँचका स्थानीय बिमल प्रधानले बताए । बिद्युत अवरोधका कारण बिहानै उठेर अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत असर परेका छन नियमित रुपमा बिहान बिद्युत अवरोध हुनुको कारण पोखरीया देखि ठोरी सम्मका बिद्युत पोलमा लगाइएको माटोको कीट मध्ये केही कीट प्वाल परेको हुनसक्ने अनुमान रहेको बिद्युत प्राधिकरण पोखरीया अन्तरगत ठोरी क्षेत्रका फिल्ड मेनेजर रामलाल साहले बताए ।
बिहान करीब २ बजेतिर शीत पर्ने भएकाले प्वाल परेको किटबाट शीत चुहिएर फायरिङ भएर बिद्युत अवरोध हुने र बिहान ८ बजेतिर शीत सुकेपछी फेरि बिद्युत सुचारु हुने उनले बताएका छ्न । तर यो समस्या कुन पोलमा छ भनेर पत्ता लगाउन अत्यन्त चुनौतीपूर्ण रहेको पनि उनले बताए । उनले भने ” दिउँसो खोजेर पत्ता लाग्दैन, राती फायरिङ भएको देखेपछी मात्र पत्ता लाग्ने भएकाले यो समस्या समाधान गर्न निकै समय लाग्न सक्छ ।
प्वाल परेको किट खोज्न सुरु गरिसकेको पनि उनले बताए । बिद्युतकै माध्यमबाट पानी तान्ने भएकाले बिद्युत अवरोधका कारण ठोरी क्षेत्रका धेरै स्थानहरूमा खानेपानीको समेत समस्या उत्पन्न भएको छ ।
