१४ बैशाख २०८१, शुक्रबार
पर्साको ठोरी मा क्रिश्चियन समाज द्वारा शुभकामना आदानप्रदान कार्यक्रम  सम्पन्न
बुधबार, पुष ८ १६:३५

पर्साको ठोरी मा क्रिश्चियन समाज द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


बिष्णु जोशी /मेघराज राय पर्सा पौष ७/

पर्साको ठोरी गाउँपालिका २राईधारामा ठोरी क्रिश्चियन समाजको आयोजनामा आउदो अङ्ग्रेजी बर्ष २०२१तथा कृसमस डे को शुभ अवसर पारी आज एक कार्यक्रम बिच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
ठोरी गाउँपालीका का अध्यक्ष पास्टर सुनलामा (माईकल ) को सभापतीत्व्मा तथा ठोरी गाउँपालीका का अध्यक्ष पदमलाल श्रेष्ठको प्रमुख आथितत्वमा समपन्न भएको छ। सो कार्यक्रम का विशिष्ट अतिथि जिल्ला समितिका उपाध्यक्ष ठाकुर प्रसाद न्याउपाने ठोरी गाउँ पालीका वार्ड नम्बर ४ का वडा अध्यक्ष बईबहादुर तामाङ रेडियो बिजयबस्ती का अध्यक्ष सन्तोष श्रेष्ठ ठोरी गाउँपालीका का शिक्षा सयोजक भुपाल कुमार जोशी उन्नति मेडिकल का प्रोप्राईटर सुरेश साह ठोरी वृद्ध आश्रम का अध्यक्ष आसबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गर्दै कोरोनाको महामारीमा चाडपर्व सामाजिक दूरी बनाएर र स्वास्थ्य मापदण्ड पूरा हुने गरी मनाउन सुझाब दिनु भयो। पर्वमा सामाजिक सद्भाव कायम गर्न आग्रह पनि गरे । सो कार्यक्रम को स्वागत मन्तव्य ठोरी गाउँपालीका का क्रिश्चियन समाजका महिला पास्टर बिनु मगरले गर्नु भएको थियो भने संचालन रामबहादुर श्रेष्ठले गरेका थिए ।कार्यक्रम ठोरी क्रिश्चियन समाज तथा माडीका बादर झुले क्रिश्चियन समाजका स्थानीय बुद्धिजीवी महिला लगाएत लगभग सयौं जनाको उल्लेखनीय सहभागिता रहेको थियो

Sharing is caring!

धनगढी–खुटिया सडकमा धुलो धुवाँ हुदा नागरिकहरुलाई सास्ती
बुधबार, पुष ८ १६:३५
बिगत ४बर्ष देखि डोटी का गोबिन्द भण्डारी भारत मा बेपत्ता।खोजिदिन परिवार जनको आग्रह ।
बुधबार, पुष ८ १६:३५
shares