७ बैशाख २०८१, शुक्रबार
बुवाको पुण्य तिथीको अवसरमा गायक  बोहोराले गरे सेभ हाउस लाई सहयोग
बिहीबार, पुष २३ १२:२०

बुवाको पुण्य तिथीको अवसरमा गायक बोहोराले गरे सेभ हाउस लाई सहयोग

धनगढी २३ पुस
सुदुरपश्चिमको कला सस्कृती लाई जोगाउनका लागी अहोरात्र खटिने गायक बिमल बोहोराले बुवाको पुन्य तिथिको अवशर पारेर अत्तरिया स्थित महिला तथा बालबालिका सेभ हाउस लाई सहयोग गरेका छन् । सेभ हाउसमा गएर आज बोहराले केही फलफुल तथा बालबालिकाहरुलाई दक्षिणा समेत उपलब्ध गराएका थिए ।

डोटीको बडिकेदार गाउपालीका मा आमा सारदा देबि बोहरा र बुवा तिर्मल सिं बोहराको कोख बाट जन्मिएका लोक तथा डेउडा गायक बोहरा बिगतबाटै सरल र सहयोगी ब्यक्ती हुन् । उनले बुवाले देखाएको बाटो अनुसारनै उहाँको पुन्य तिथिमा ठुलो नभएपनि सामान्य सहयोग गरेको बताउनु भयो ।

सानै उमेर देखि गायन क्षेत्रमा लागेका बोहोरा बिगत लामो समय भारतमा बस्नु भएको थियो । भारतमा रोजगारीको सिलसिलामा रहेका बोहोरा नेपालमै केहि गर्नु पर्छ भन्ने अठोटका साथ हाल कैलालीको अत्तरियामा होटल ब्यावसाय गर्दै आईरहेका छन ।

Sharing is caring!

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले राजीनामा दिए
बिहीबार, पुष २३ १२:२०
रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडे
बिहीबार, पुष २३ १२:२०
shares