
सोमबार, पुष २७ १९:३३
पर्साको जिराभवानीमा आगलागी पचास हजार मूल्य बराबरको सरसामान जलेर नष्ट।
मेघराज राय पर्सा पुस २७/

पर्साको जिराभवानी गाउपालिका वडा नं १ शान्तिटोलमा गए राती आगलागीभएको छ।स्थानीय रामा पासवानको भैसीको गोठमा राती करिब १:०० बजे आगलागी भएको हो । आगलागीमा एक वटा भैसी एक वटा पाडी जलेर घाइते भएका छन। आगलागी कसरी भएको कसैलाई जानकारी नरहेका स्थानीयहरु बताउछन् ।
आगलागी बाट खरको गोठ पूर्ण जलेर नष्ट भएका छन। आगलागीबाट करिब पचास हजार मूल्य बराबरको सरसामान जलेर नष्ट भएको अनुमान गरिएको स्थानिय जनप्रतिनिधि सोमनाथ सापकोटाले जानकारी दिनुभयो।