राउटेले ल्याए चोखो माया पिरती बोलको गित (भिडियो सहित )
समाज भन्दा टाढा बस्न रुचाउने राउटे जाती पछिल्लो समय खुलेर बाहीर आउन थालेका छन । डडेल्धुराको भित्री मधेस प्रशुराम नगरपालिका १२ आमपनीमा बस्दै आयका गोपाल राउटेले पछिल्लो समय चोखो माया पिरती बोलको गित बजारमा ल्यायका छन । सम्भबतह ःराउटे समुदाय रहेका नागरिकले संगीतको दुनिया पाईला चालेको पहिलो पटक हो ।
चोखो माया पिरती बोलको गितमा नव गायक गोपाल राउटे ले स्वर दिनु भएको छ भने उनलाई स्वरमा साथ गायीका बिनिता गुरुङ ले दिएकी छन । जङ्गलमा बसोबास गर्दै आउने समुदाय भनेर चिनीने यो समुदायका नागरिक पछिल्लो समय सामाजीक कार्यमा समेत लाग्न थालेका छन । गोपालको उक्त गितमा टेकराज अछामिले संगित भर्नु भएको छ ।
उक्त गीतको भिडियोमा प्रकाश, ज्योति, लोकेन्द्र र सरुको अभिनय रहृेको छ । उक्त भिडियोको छायांकन अनुप बिक सम्पादन अमित बिक गर्नु भएको छ भने गित निर्देशन सुरेन्द्र संगम,ले गर्न भएको छ नृत्य स्टार कठायतले गरेका छन । बिषेस फिल्मस पालीको युटुब च्यानल बाट उक्त गित बजारमा आयको छ । पुनम रेकर्डिङ स्टुडियो बाट रेकर्डिङ भएको गित एरेन्ज मिक्सिङ महेश बिक्रम पान्डेको रहेको छ । गित निकै राम्रो रहेको र चर्चा पाउन सक्ने गायक गोपाल राउटेले बताए ।
