साइन नेपाल द्वारा बिद्यालयलाई कम्प्युटर हस्तान्तरण
डडेल्धुरा ११,माघ , विद्यार्थीलाई आधुनिक प्रविधि सहितको शिक्षा प्रदान गर्नका लागि डडेल्धुराको एक विध्यालयलाई कम्प्युटरका साथै अन्य शैक्षिक सामाग्री हस्तान्तर गरिएको छ । पढाइको गुणस्तरका साथै लक्षित समुदायका वालवालिका अध्यनरत डडेल्धुराको उग्रतारा माध्यमिक विध्यालयलाई १० वटा कम्प्युटरका साथै प्रिन्टर हस्तान्तरण गरिएको विध्यालयका प्रधानाध्यापक चन्दबहादुर्र शाहुले वताए ।
हालै नमुना विध्यालयको रुपमा घोषण गरिएको उग्रतारा माध्यमिक विध्यालयलाई मानविय सेवामा अनेकौं प्रयास (साइन) कैलालीको संस्थाले पाँच लाख पचास हजारको समाग्री हस्तान्तरण गरेको सस्थाका अध्यक्ष भक्तराज जोशीले वताए ।
गरिव जेहेन्दार तथा असाहाय वालवालिकाको क्षमता विकास र आधुनिक प्रविधि अनुसार शिक्षमा सुधार ल्याउनका लागि विध्यालयलाई कम्प्युटरका साथै शैक्षिक सामाग्री प्रदान गरिएको अध्यक्ष जोशीले जानकारी गराउनु भयो । समयसमयमा समाजिक सेवामा योगदान पुर्याउदै आएको मानविय सेवामा अनेकौं प्रयास नामक समाजिक सस्थाले डडेल्धुराका विभिन्न स्थानिय तहमा मानव सेवा गर्दै आएको जानकारी समेत अध्यक्षले दिए ।
साथै उक्त समाग्री हस्तान्तरण गर्नका लागि उग्रतारा मावि पुगेको सुदुरपश्चिम प्रदेशका माननिय कर्णबहादुर मल्ल सामाग्रीको प्रयोग विधार्थीले गर्न पाउनु पर्ने र आगामी दिनहरुमा पढाइको गुणस्तर विकासमा टेवा पुग्ने जनाएका छन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा अमरगढी नगरपालिकाका उपमेयर सगिंता भण्डारीले नमुना विध्यालय घोषण भएको उग्रतारा माविमा चाडै डिपिआरको काम सुरु हुने र भौतिक संरचनाका साथै पढाइस्तरको विकास गरिने जनाए ।
उक्त सस्थाले प्रदान गरेका सामाग्रीले शिक्षको मनोवल वृद्धिका साथै विद्यार्थीलाई आधुनिक प्रविधिको ज्ञान दिनमा मद्धत पुग्ने बिधालयका प्रधानाध्यापक चन्द्र शाहुले खुसि व्यक्त गर्नु भयो ।
