२५ बैशाख २०७८, शनिबार
उप–महानगरपालीका लाई संघीय र प्रदेश सरकारले सौतेनी ब्याबहार गर्यो ः नगर प्रमुख वड
शुक्रबार, माघ ३० १६:४२

उप–महानगरपालीका लाई संघीय र प्रदेश सरकारले सौतेनी ब्याबहार गर्यो ः नगर प्रमुख वड

धनगढी ३० माघ ।
धनगढी उपमहानगरपालीका प्रमुख निर्प बहादुर वडले संघीय सरकार र प्रदेश सरकारले धनगढी उपमहानगरपालीका लाई सहयोग नगरेको बताए । ल्होछार पर्वको अवसरमा नेपाल तामाङ घेदुङ कार्य समिती धनगढी उप महानगरपालकिा १२ ले गरेको एक कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै उहाँले कानुन तह पाउनु पर्ने सेवा बाहेक अन्य कुनै पनि सेवा सुबिधा धनगढी उपमहानगरपालीका ले नपायको गुनाँसो गर्नु भयो ।

संघिय सरकार र प्रदेश सरकारले आफुहरु लाई सौतेनी ब्याबहार गरेको उनको भनाई छ । कोरोना महामारीका बेृला पनि प्रदेश सरकार मौन बसेको आरोप लगाए । गौरीफण्टा नाकाबाट नेपाल भित्रीयका नागरिकहरु लाई गन्तब्य सम्म पुर्याउने काम समेत उपमहानगरपालीका ले गरेको बताउदै प्रदेश सरकारले सहयोग नै नगरेको बताए । सुदुर पश्चिम प्रदेशको अस्थाई राजधानी धनगढी उप महानगरपालीका भित्र नै रहेको भएपनि प्रदेश सरकारले आफुहरु संग कुनै पनि सहकार्य नगरेको उनले आरोप लगाए ।
उनले कला सस्कृती सबैको साझा सम्पती भएकोले यसको जर्गेना गर्न सबैले लाग्नु पर्ने बताए । आजका दिन सम्म पनि आफुले बिभिन्न जातजातीका कला सस्कृतीको संरक्षणको लागी सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालकिा का उपप्रमुख सुसीला मिश्र भटटले हरेक कला सस्कृती भित्र राम्रा कुराहरु हुने भएको कला सस्कृतीलाई जोगाउन सबैले लाग्नु पर्ने बताउनु भयो । साथै कार्यक्रममा नेपाल तामाङ घेदुङ कार्य समिती धनगढी १२ ले तामाङ जातीले मृत्यु पछि लाँस दहन गर्नका लागी निकै समस्या रहेको बताउदै यस को ब्यावस्थापन गरि दिन धनगढी उपमहानगरपालीका संग माग गरेको छ ।

Sharing is caring!

पुरन बलायरको ` चेलीको कर्म ´बजारमा (भिडियो सहित )
शुक्रबार, माघ ३० १६:४२
भ्यालेन्टाइन विशेष गीत “काजल”सार्वजनिक (भिडियो सहित)
शुक्रबार, माघ ३० १६:४२
shares