
शुक्रबार, फाल्गुन ७ १४:१८
सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो।
खबरचित्र समाचार । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहीबार ८९ हजार २ सयमा कारोबार भएकोे छापावल सुनको भाउ शक्रबार ८८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
पछिल्लो मंगलबार यता मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको हो । महासंघले आज तेजावी सुनका भाउ ८७ हजार ७५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको प्रतितेला मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ ।अनलाइन खबर
