३१ चैत्र २०७७, मंगलवार
धनगढी उप–महानगरपालिका वडा कार्यालयहरुको गतिविधीहरु नगरप्रमुखको कार्यकक्षबाट अवलोकन
शुक्रबार, फाल्गुन १४ १७:०९

धनगढी उप–महानगरपालिका वडा कार्यालयहरुको गतिविधीहरु नगरप्रमुखको कार्यकक्षबाट अवलोकन

धनगढी, धनगढी उप–महानगरपालिका वडा कार्यालयहरुको गतिविधीहरु नगरप्रमुखको कार्यकक्षबाट अवलोकन गर्न सकिने ब्यबस्था गरिएको छ ।
उप–महानगरपालिकाका १९ वटै वडा कार्यालयमा सम्पादन भैरहेका कामहरु, सेवाग्राहीले सेवा लिईरहेको अवस्था नगरप्रमुखको कार्यकक्षमा जडान गरिएको कम्यूटर स्क्रीनमा देख्नि सकिने ब्यबस्था मिलाईएको छ ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले सूचना प्रविधीका क्षेत्रमा उल्लेख्य प्रगती भएको बताए । वडाबाट सम्पादन गरिने कामको उप–महानगरपालिकाबाट नै अनुगमन गर्न सकिने भएको छ नगरप्रमुख वडले भने, ‘ योजनाहरुको नागरिक तहबाट अवलोकन गर्न सुझाव दिनका लागि आईएमएस धनगढी एप संचालनमा ल्याएका छौं ।’
धनगढी उप–महानगरपालिकाले खुला सरकारको अवधारणालाई पूर्ण रुपमा आत्मसाथ गरेर अगाडी बढेको नगरप्रमुख वडले बताए ।

Sharing is caring!

कंचनपुर को कृष्णपुर २स्थित रुख मा झुन्डिएको अवस्था मा एक महिलाको शब भेटियो।
शुक्रबार, फाल्गुन १४ १७:०९
भाेली देखी हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग – ५ को टर्फी सार्वजनिक
शुक्रबार, फाल्गुन १४ १७:०९
shares