३० आश्विन २०८३, शुक्रबार
डेउडा प्रतिष्ठान स्थापना: अध्यक्षमा वरिष्ठ गायक रेग्मी
सोमबार, चैत्र २ २३:२०

डेउडा प्रतिष्ठान स्थापना: अध्यक्षमा वरिष्ठ गायक रेग्मी

सुदुर पश्चिममा मात्र नभई काली कर्णालीको पहिचानको रुपमा रहेको डेउडा संस्कृतिलाई प्राथमिकतामा राखेर भाषा कला, संस्कृति , भेषभुषा रहनसहनको संरक्षण ,सम्बर्द्धन एवं प्रचारप्रसार गर्ने उद्देश्यका साथ बरिष्ठ लोक गायक प्राज्ञ नरेन्द्र राज रेग्मीको अध्यक्षतामा ९ सदस्यीय डेउडा प्रतिष्ठान तदर्थ समिती गठन भएको छ ।
धनगढीमा भएको कलाकर्मीहरुको भेलाले तदर्थ समितिको उपाध्यक्षमा सुरत रावत ( डोटेली कान्छा), सचिबमा भवानी रेग्मी , सह-सचिवमा तोयनाथ भट्ट , कोषाध्यक्षमा प्रेम बिबश चन्द र सदस्यहरुमा दलबहादुर बोगटी , ध्वज बहादुर महरा, बिरेन्द्र खडका , माया पाण्डेय चयन गरेको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको चिनारीका रुपमा रहेको डेउडालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउनुका साथै यस क्षेत्रको भाषा, कला, संस्कृति रहनसहन, भेषभुषा तथा रितिरिवाजको संरक्षण, सम्बर्द्धन एवं प्रचारप्रसारका साथै लोक साँस्कृतिक संग्रहालय निर्माण गर्ने मुख्य उद्देश्य बोकेर डेउडा प्रतिष्ठान स्थापना भएको तदर्थ समितिका अध्यक्ष बरिष्ठ लोक गायक प्राज्ञ नरेन्द्रराज रेग्मीले बताए ।

Sharing is caring!

Latest News

स्टार कठायतको नयाँ पार्टी गित ‘दारु मेरो ज्यान सार्वजनिक (भिडियो सहित )
सोमबार, चैत्र २ २३:२०
निर्देशक बिसी, (बिजुली ) अभिनित भिडियो “देशकी फेरुवा ” (भिडियो सहित )
सोमबार, चैत्र २ २३:२०