१६ चैत्र २०८०, शुक्रबार
प्रेस युनियनको महासंघ  निर्वाचन लक्षित रणनीतिक भेला
शनिबार, चैत्र ७ २०:५७

प्रेस युनियनको महासंघ निर्वाचन लक्षित रणनीतिक भेला

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई लक्षित गरेर नेपाल प्रेस युनियन कैलालीले शनिबार धनगढीको कनरी पार्कमा जिल्लास्तरीय रणनीतिक भेला सम्पन्न गरेको छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको प्रमुख आतिथ्यमा भएको भेलाले नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन एक ढिक्का भएर अगाडि बढ्ने भेलाले निर्णय गरेको छ ।

भेलाले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा कैलालीमा प्रेस युनियनको उम्मेदेवार छनौटका लागि १२ सदस्यीय कार्यदल समिति पनि गठन गरेको छ । भेलाको अवसरमा विगतदेखि पत्रकारिता पेशामा आवद्ध रहेका केही पत्रकारहरु पनि प्रदेश युनियनमा प्रवेश गरेका छन् ।

सो अवसरमा पत्रकार अंकुश कुँवर, महेश कुँवर, केशव धामी, योगेन्द्र नायक, दुर्गा धामी, गोपाल जोशी, खेमराज भट्ट, दिपक ओझा, राजकुमार साउँद, बालकृष्ण ओझा, रोशन भट्ट, मनिषा श्रेष्ठ, महेश बडू, लोकराज ओझा, तेज मल्ललगायत नेपाल प्रेस युनियनमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले टीका लगाएर स्वागत गरे ।

नेपाल प्रेस युनियनका कैलाली शाखा अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य कृत बिष्टले गरेका थिए भने स्वागत नेपाल प्रेस युनियनका लम्की–टिकापुर शाखाका सचिव नेत्र प्रसाद न्यौपानेले गरेका थिए ।

Sharing is caring!

पत्रकार योगीको शब्द र गायक बिसीको संगीतमा ‘ऐना हेरी हेरी’ सार्वजनिक ( भिडियो सहित )
शनिबार, चैत्र ७ २०:५७
देउडा गित “अर्काकी माल भैगै ´´ सार्बजनिक (भिडियो सहित)
शनिबार, चैत्र ७ २०:५७
shares