८ बैशाख २०८१, शनिबार
सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मल्ल  उपचारको क्रममा निधन
बिहीबार, जेष्ठ १३ ०८:३३

सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मल्ल उपचारको क्रममा निधन

धनगढी, १३ जेठ । कैलाली जिल्लाका पुराना राजनीतिज्ञका रूपमा चिनिएका सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख माननीय मोहनराज मल्लको उपचारको क्रममा निधन भएको छ । 

लामो समय देखी निमोनियाको उपचार गराइरहेका मल्लको कोरोना सक्रमणका कारण निदन भएको हो । उनको काठमाडौ स्थित निदान अस्पतालमा उपचाररत मल्लको आज बिहान ७ बजेतिर निधन भएको मल्लका तत्कालीन स्वकीय सचीव धनसिंह साउदले जानकारी दिए । 

चार दशक भन्दा अघिदेखि कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै का नेपाली कांग्रेसका महासमिति सदस्य समेत भएका थिए । 

बि। सं। २०३७–२०४६ सम्म राष्ट्रिय पंचायतका सदस्य भएका थिए । २१ वर्षको उमेरबाटै राजनीतिमा लागेका मल्लले २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गांउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएका थिए । 

पञ्चायत र पछिका दिनामी राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

कैलालीको भजनी नगरपालिका –१ मा जन्मेका मल्ल त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नात्तोकोत्तर हुन । उनले स्तात्तोकोत्तरमा प्रथम श्रेणीमा प्रथम भएर महेन्द्र भुषण पदक पनि पाएका थिए ।

उनले बिद्यालय, प्रमाणपत्र र स्नातक तहको अध्ययन भारतको उत्तरप्रदेश राज्यको लखनउबाट पुरा गरेका थिए । मल्लका १ छोरा र १ छोरी छन। paschimtoday.com

Sharing is caring!

नगर प्रमुख वड द्धारा सिमानाकामा संक्रमित देखिएकाहरुलाई स्वास्थ्य सामाग्री बितरण
बिहीबार, जेष्ठ १३ ०८:३३
आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्य LIVE
बिहीबार, जेष्ठ १३ ०८:३३
shares