४ कार्तिक २०७८, बिहीबार
धनगढी उपमहानगरपालिका गर्यो  एकल महिलाको प्रोफाईल तयार
शुक्रबार, असार ४ १७:५४

धनगढी उपमहानगरपालिका गर्यो एकल महिलाको प्रोफाईल तयार

धनगढी । धनगढी उपमहानगरपालिका भित्र बिभिन्न बिभिन्न ब्यावसाय संचालन गर्दै आईरहेका एकल महिलाहरुको प्रोफाईल तयार गरिएको छ ।

धनगढी उपमहानगरपालिका र यूएनडिपिको सहयोगमा  सेवक नेपाल कैलाली द्वारा संचालन गरिएको दिगो विकास लक्ष्य स्थानीकरण अन्तरगत एकल महिलाको आर्थिक तथा सामाजिक शसक्तिकरण कार्यक्रम सम्पन्न भए पश्चात उक्त कार्यक्रम बाट सिप विकास तालिम प्राप्त गरेर बिभिन्न व्यवसाय सञ्चालन गरिरहेका एकल महिलाहरुको  समग्र विवरण प्रोफाइलमा राखिएको छ ।

धनगढी उपमहानगरपालिका ३ हजार ३ सय एकल महिला रहेका छन् ,नगरप्रमुख नृपबहादुर वडले भने, हामी निर्वाचित भएर आएपछि एकल महिलाको आर्थिक तथा सामाजिक शसक्तिकरण कार्यक्रम संचालन गरेका थियौं । केहि भएपनि यस कार्यक्रमले एकल महिलाको अवस्थामा सुधार आएको नगरप्रमुख वडले बताए ।

उनले भने, यो प्रोफाईलले धनगढी उपमहानगरपालिकालाई मात्रै नभएर एकल महिलाका लागि धनगढीमा काम गर्न चाहने सबैलाई सजिलो हुने छ । प्रोफाईल पुस्तीकाको नगरप्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट र  यूएनडिपिका सुदूरपश्चिम प्रदेश प्रमुख बैजन्ती गीरीले सयुक्त रुपमा बिमोचन गरेका थिए ।

Sharing is caring!

कृष्णपुर नगरपालिकाले दियो कृषकलाई अनुदान
शुक्रबार, असार ४ १७:५४
कैलाली अस्पतालले आइसियु र एनआसियु सेवा सञ्चालनमा ल्यायो
शुक्रबार, असार ४ १७:५४
shares