१४ श्रावण २०७८, बिहीबार
कैलाली अस्पतालले आइसियु र एनआसियु सेवा सञ्चालनमा ल्यायो
आईतवार, असार ६ २२:५६

कैलाली अस्पतालले आइसियु र एनआसियु सेवा सञ्चालनमा ल्यायो

धनगढी: सुदूरपसिश्चमको अस्थायी राजधानी धनगढीमा अवस्थित कैलाली अस्पतालले आइसियु र एनआसियु सेवा सञ्चालनमा ल्याएको छ ।

कैलाली अस्पताल प्रा.लिले पत्रकार सम्मेलनको आयोजना गर्दै ५ बेडको एनआईसियु र ८ बेडको आइसियु सेवा सुचारु गरेको जानकारी दिएको हो ।

कैलाली अस्पतालका संस्थापक जनकराज जोशीले अब कैलाली अस्पतालमै अन्य अस्पतालको तुलनामा सस्तो र सुलभ आइसियु र एनआसियु सेवा मार्फत उपचार पाउने जानकारी दिनुभएको छ ।

साथै यही असार १ गते मङ्गलवारबाट कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै अस्पतालले प्रदान गर्ने सम्पूर्ण स्वास्थ्य सेवाहरू नियमित दिइरहेको समेत अस्पतालले जनाएको छ ।
विगत लामो समय देखी कैलाली अस्पतालले विभिन्न बिरामीहरूलाई सस्तो सुलभ अनि विश्वसनीय स्वास्थ्य सेवा दिँदै आइरहेको छ ।

Sharing is caring!

धनगढी उपमहानगरपालिका गर्यो एकल महिलाको प्रोफाईल तयार
आईतवार, असार ६ २२:५६
कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि करिब साढे ९२ करोड भन्दा बढीको अनुमानित बजेट
आईतवार, असार ६ २२:५६
shares