८ बैशाख २०८१, शनिबार
कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि करिब साढे ९२ करोड भन्दा बढीको अनुमानित बजेट
शुक्रबार, असार ११ ००:२५

कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि करिब साढे ९२ करोड भन्दा बढीको अनुमानित बजेट

कन्चनपुर -कन्चनपुरको कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि करिब साढे ९२ करोड भन्दा बढीको अनुमानित बजेट ल्याएको छ ।

बिहिबार आयोजित नगरपालिकाको नवौँ नगरसभामामा नगरउपप्रमुख रमिता राना बडायकले आर्थिक वर्ष २०७८÷०७९ का लागि ९२ करोड ५६ लाख ४२ हजार रुपैयाँ बरावरको वजेट प्रस्तुत गरेकी हुन ।नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलव्ध गराउन विशेषज्ञ सहितको सुविधा सम्पन्न १५÷१५ शैय्याका दुई ओटा नगर अस्पताल निर्माण गरिने उपप्रमुख रानाले बताईन ।

यस्तै ६० वर्ष उमेर पुगका एकल पुरुष (विदुर) लाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था पनि नगरपालिकाले गरेको छ । विभिन्न कारणले माइतीको सहारामा बसेका ४० वर्ष माथीका एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने नीति नगरपालिकाले लिएको छ । हिंसामा परेकाहरुलाई व्यवस्थापन गर्न सेवा केन्द्र भवनको निर्माण गर्न सुरुवात गरिने उपप्रमुख रानाले बताईन ।

निति तथा कार्यक्रममा विभिन्न घटना, दुर्घटनामा परी ज्यान गुमाएका नगरवासीका आश्रित परिवारलाई आवश्यक सहयोग गरिने जनाईएको छ ।दीर्घ रोगी, गरिव, विपन्न, दुर्घटनामा परेका नगरवासीलाई आर्थिक सहयोग दिने कार्यलाई समेत निरन्तरता दिईएको छ । नगरपालिकाले साक्षर नगरको मापदण्ड पुरा गर्दै नगरलाई पुर्ण साक्षर नगरपालिका घोषणा गरिने नीति लिएको छ ।

कोभिड प्रभावित उद्योगी व्यवसायीहरुलाई व्यवसाय करमा विशेष छुट दिने व्यवस्था गर्ने नीति समेत नगरले लिएको छ । नगरवासीको सेवाका लागि सुविधा सम्पन्न थप एउटा एम्बुलेन्सको व्यवस्था गर्ने निती लिएको छ । नगरपालिकामा कार्यरत अस्थायी, करार र ज्यालादारीका कर्मचारीहरुलाई संघीय कानुन वमोजिम सेवा सुविधा उपलब्ध गराउने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख रानाले बताईन ।

Sharing is caring!

कैलाली अस्पतालले आइसियु र एनआसियु सेवा सञ्चालनमा ल्यायो
शुक्रबार, असार ११ ००:२५
सुदूरपश्चिममा करिब ४६ प्रतिशत रोपाइँ सम्पन्न ।
शुक्रबार, असार ११ ००:२५
shares