१३ बैशाख २०८१, बिहीबार
आईतवार, असार १३ १२:५९

सुदूरपश्चिममा करिब ४६ प्रतिशत रोपाइँ सम्पन्न ।

खबरचित्र सम्बादाता ।धनगढी १३/असार/सुदूरपश्चिममा करिब ४६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयका अनुसार अहिलसम्म ८५ हजार ३६८ हेक्टरमा रोपाइँ सकिएको हो। यो ४५ दशमलब ९३ प्रतिशत हो। यस प्रदेशमा एक लाख ८५ हजार ८४७ हेक्टरमा धान खेती हुन्छ।

निर्देशनालयका अनुसार अहिलेसम्म कैलालीमा ३८ हजार ७८६ (५५ प्रतिशत), कञ्चनपुरमा १६ हजार ९६६ (३५ प्रतिशत), अछाममा सात हजार ४६५ दशमलव ५ (४५ प्रतिशत), बाजुरामा तीन हजार ९४६ (५५ प्रतिशत), बझाङमा पाँच हजार ७१६ दशमलव ८ (४५ प्रतिशत), बैतडीमा चार हजार ५० (४५ प्रतिशत) हेक्टरमा रोपाइँको सकिएको छ। यसैगरी, दार्चुलामा २२४ (६२ प्रतिशत), डडेल्धुरामा तीन हजार ७१२ दशमलब ८ (६० प्रतिशत), डोटीमा चार हजार ५०० (४२ प्रतिशत) रोपाइँ सकिएको छ

यस प्रदेशको कैलालीमा ७० हजार ५२०, कञ्चनपुरमा ४८ हजार ४७५, अछाममा १६ हजार ५९०, बाजुरामा सात हजार १५०, बझाङमा १२ हजार ७०४, बैतडीमा नौ हजार, दार्चुलामा चार हजार ४८० हेक्टरमा धान खेती हुने गरेको छ । यसैगरी, डडेल्धुरामा ६ हजार १८८ र डोटीमा १० हजार ७१५ हेक्टर गरी धान खेती हुने गरेको निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले जानकारी दिए।साभार दिनेश खबर।

Sharing is caring!

कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि करिब साढे ९२ करोड भन्दा बढीको अनुमानित बजेट
आईतवार, असार १३ १२:५९
कैलालीमा साउन १ गतेसम्म निषेधाज्ञा थप, यस्तो छ आदेश
आईतवार, असार १३ १२:५९
shares