१९ बैशाख २०८३, शनिबार
कैलालीमा साउन १ गतेसम्म निषेधाज्ञा थप, यस्तो छ आदेश
मंगलवार, असार २२ १५:५०

कैलालीमा साउन १ गतेसम्म निषेधाज्ञा थप, यस्तो छ आदेश

 कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन १ गतेसम्मलाइ निरन्तरता दिएको  प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धाारा जारी आदेशमा उल्लेख छ।

कैलालीमा सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाइएको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।उनका अनुसार जिल्लाभित्र स्वास्थ्य मापदण्ड पालना गर्दै सिट क्षमताअनुसार यात्रु राखेर सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने छ।

अन्य जिल्ला जान र अन्य जिल्लाबाट कैलाली आउनका लागि भने जिल्ला प्रशासन कार्यालयको स्वीकृती लिनुपर्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

उनका अनुसार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शकसहितका खेलकुदबाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

विभिन्न प्रकारका गोष्ठी, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण जस्ता कार्यहरु सञ्चान गर्दा बढिमा २५ जना सहभागी गर्न पाइनेछ। होटल, रेष्टसरेन्ट, फास्टफुड, खाजा तथा चिया पसलहरु बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ। यो आदेश २३ गतेदेखि लागू हुनेछ। 

Sharing is caring!

Latest News

सुदूरपश्चिममा करिब ४६ प्रतिशत रोपाइँ सम्पन्न ।
मंगलवार, असार २२ १५:५०
धनगढी उप–महानगरपालिकालेअनिवार्य मास्क अभियान सुरु
मंगलवार, असार २२ १५:५०