१३ बैशाख २०८१, बिहीबार
धनगढी उप–महानगरपालिकालेअनिवार्य मास्क अभियान सुरु
मंगलवार, असार २२ १५:५३

धनगढी उप–महानगरपालिकालेअनिवार्य मास्क अभियान सुरु

धनगढी, २२ असार । निशेधाज्ञा खुकुलो बनाए संगै धनगढी उप–महानगरपालिकाले मास्क लगाउने कुरालाई अनिवार्य बनाउन अभियान सुरु गरेको छ ।कोरोनाको संक्रमण फैलिने क्रम नरोकिएकाले धनगढी उप–महानगरपालिकाले ‘कोभिड बिरुद्धको हाम्रो अभियान, अनिवार्य मास्कको प्रयोग नै जिवनको बरदान’ भन्ने नाराका साथ अनिवार्य मास्क अभियान नै सुरु गरेको छ ।

यस अभियानमा प्रहरी, प्रशासन, नेपाल रेडक्रस सोसाईटी र सामाजिक संघसंस्थाको साथ रहेको छ । नगरप्रमुख नृपबहादुर वडले मंगलबार बाट अभियान सुरु भएको घोषणा गरेका थिए ।

ब्यापार ब्यावसाय खुले संगै बजारमा चहलपहल बढेको छ नगरप्रमुख वडले भने, ‘अव जोखिम घटाउने उपाय भनेको अनिवार्य मास्क लगाउने कुरा मात्रै हो ।’ अभियानलाई सहयोग गर्न नगरप्रमुख वडले सबै संग आग्रह गरेका थिए । अभियानको प्रचारप्रशार गर्न सबै सचेत महानुभावहरु संग अनुरोध गर्दछौं नगरप्रमुख वडले भने, ‘ अव मास्कले मात्रै संक्रमण घटाउन सकिन्छ ।

धनगढी उपमहानगरपालिकाका  उप–प्रमुख सुशीला मिश्र भट्टले कोरोना रोकथामकै लागि बाध्यकारी अभियान सुरु गरेको बताईन । कोरोनाको जोखिम अझै कायमै छ उप–प्रमुख भट्टले भनिन्, त्यसैले मास्क नछोड्न सबैमा अनुरोध गर्दछौं ।’ 

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले अभियानलाई बेवास्ता गर्दै मास्क प्रयोग नगर्नेलाई प्रहरीले कार्वाही सम्म गर्न सक्ने बताए । पहिले सम्झाउने काम प्रहरीले गर्छ प्रमुख जिल्ला अधिकारी रिजालले भने, लापर्वाही गर्नेलाई कार्वाही गरिन्छ । धनगढी उप–महानगरपालिकाले मास्क खरिद गर्न नसक्ने, सामाुदायीक विद्यालयका बिद्यार्थीलाई निशुल्क मास्क उपलब्ध गराउने छ ।    

Sharing is caring!

कैलालीमा साउन १ गतेसम्म निषेधाज्ञा थप, यस्तो छ आदेश
मंगलवार, असार २२ १५:५३
सुपक थारु सलिमा पहुराको २० हजार सस्क्राईभर पुगेको अबसरमा दृष्टि फाउण्डेसनलाई आर्थिक सहयोग
मंगलवार, असार २२ १५:५३
shares