१४ श्रावण २०७८, बिहीबार
सुपक थारु सलिमा पहुराको २० हजार सस्क्राईभर पुगेको अबसरमा दृष्टि फाउण्डेसनलाई आर्थिक सहयोग
मंगलवार, श्रावण ५ २०:४८

सुपक थारु सलिमा पहुराको २० हजार सस्क्राईभर पुगेको अबसरमा दृष्टि फाउण्डेसनलाई आर्थिक सहयोग

धनगढी, ५ साउन/ सुपक थारु सलिमा पहुराको २० हजार सस्क्राईभर पुगेको अबसरमा दृष्टि फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । एक कार्यक्रम गरी नायिका तथा मोडल सुष्मा अधिकारीलाई प्रमुख अतिथी बनाई पाँच हजार रकम फाउण्डेसनलाइ हस्तान्तरण गरिएको हो । सोहि समयमा प्रभावित भएर नायिका सुष्मा अधिकारीले पाँच हजार फाउन्डेसनलाई दिएकि हुन ।
सुदुरपश्चिम कला प्रतिष्ठानद्वारा संचालित उक्त युट्युवमा च्यानल सफलता हात पारेको खुशीयालीमा उनीहरुले आर्थिक सहयोग गरेको संचलक गोबिन्द मुखीयाले जानकारी दिए ।

सुपक थारु सलिमा पहुरा युट्युवमा च्यानलले थारु कला क्षेत्रका बिभिन्न बिधामा सामग्री तयार गरी पोष्ट गर्ने गरेको छ । थारु रंग क्षेत्रमा यो च्यानलले राम्रै छाप छोडेको छ । उक्त च्यानलमा थारु कलाकारको अन्तरवार्ता र म्युजिक भिडियोहरु पोष्ट गर्दा रार्मै भिजिटर पाउने गरेका छन् । ह्स्तान्तरण कार्यक्रममा गुणाकर पनेरु, अम्बिकाप्रसाद आचार्य, राजकुमार जोशी, गोबिन्द मुखिया, आवेशचन्द र मेघा भट्टको सहभागिता रहेको थियो ।

Sharing is caring!

धनगढी उप–महानगरपालिकालेअनिवार्य मास्क अभियान सुरु
मंगलवार, श्रावण ५ २०:४८
नारायण काका की रोपाइ सर्बजनिक (भिडियो सहित )
मंगलवार, श्रावण ५ २०:४८
shares