धनगढी उप महानगरपलिका वडा ९ सभापति , भट्ट चयन
नेपाली काङ्ग्रेसको १४ औ महाधिबेशनमा धनगढी उप महानगरपलिका नम्बर वडा ९कार्यसमिति निर्विरोध चयन भएको हो । वडा सभापति ,दशरथ भट्ट उपसभापति , शेर व. भण्डारी र भक्त व. खाती सचिव , नवराज भट्ट, राम नारायण चौधरी सह सचिव र लहानु चौधरी, रुद्र प्रसाद पन्त गरि सदस्यमा चयन भएका छन । क्षेत्रिय प्रतिनिधि पदका लागि मात्र निर्वाचन भएको थियो ।
क्षेत्रिय प्रतिनिधी पदको निर्वाचनमा उमेदवारहरु प्रेम ब. भण्डारी, बहादुर ऐर (पदम), भवानी दत्त भट्ट, राजेन्द्र कार्की, राजेन्द्र प्र. भट्ट, लाल व. ऐर, लाल व. योगी मध्ये निर्वाचनमा भवानी दत्त भट्ट पराजित बाकी ६ जना विजयी भएका छन ।
वडा कार्य समिति निर्विरोध चयन भएको हो । नव निर्वाचित दशरथ भट्टले वडा बासीलाई परेको समस्यामा सहयोग गर्न जुनसुकै समयमा पनी आफु काम गर्न तयार रहने समेत उनले बताए । साथै सबैपक्षसँग समन्वय, सहकार्य, सबैको अपेक्षा, चाहाना, भावना अनुसार सल्लाह, सुभाब सहित अगाडी बढ्ने सभापती भट्टले बताएका छन्।
