बुधबार, कार्तिक २४ १८:५८
बाजुरा मा एक जना को शव फेला।

खबरचित्र सम्बाददाता ।सुदुरपश्चिम को पहाडी जिल्ला बाजुरा मा एक जना को शव फेला परेको छ। जिल्लाको बुढिगंगा नगरपालिका–४ कोल्डाडा का ६२ वर्षीय कहेरे कटुवाल सोही नगरपालिका–८ रिठाबगरस्थित बुढिगंगा नदीमा बुधबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
कात्तिक २२ गतेदेखि बेपत्ता कटुवाल आज मृत अवस्थामा भेटिएका हुन उक्त विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
