१४ बैशाख २०८१, शुक्रबार
आउँदो चुनाव मा नेकपा एमालेको धरौटी जफत हुन्छ :पर्यटन मन्त्री आले
बुधबार, कार्तिक २४ १८:३७

आउँदो चुनाव मा नेकपा एमालेको धरौटी जफत हुन्छ :पर्यटन मन्त्री आले

खबरचित्र सम्बादाता धनगढी ।नेपाल सरकार का संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आउँदो चुनावमा केपी शर्मा ओलीको पार्टी नेकपा एमालेको धरौटी जफत हुने दाबी गरेका छन् । डडेल्धुरा सदरमुकाममा बुधबार भएको कार्यकर्ता भेलामा आउने निर्वाचनमा एमालेको धरौटी जफत हुने दाबी उनले गरेका हुन्।

आउँदो चुनावसम्म पाँचदलीय गठबन्धन कायमै रहने भएकाले एमालेको धरौटीसमेत जफत हुने मन्त्री आलेले बताए । यसका साथै उनले सुदूरपश्चिम प्रदेशका बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याइने बताए। उनले यहाँका विमानस्थलको स्तरोन्नति पनि गरिने बताए।

उनले डडेल्धुराको अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रबन्धक नलबिक्रम थापाको प्राविधिक टोलीले मंगलबारदेखि सर्भे गरिरहेको मन्त्री आलेले जानकारी दिए। साभार रेडियो धनगढी ।

Sharing is caring!

नेपाल मा भोलिदेखी जनगणना सुरु हुँदै।
बुधबार, कार्तिक २४ १८:३७
बाजुरा मा एक जना को शव फेला।
बुधबार, कार्तिक २४ १८:३७
shares