१४ बैशाख २०८१, शुक्रबार
नेपाल मा भोलिदेखी जनगणना सुरु हुँदै।
बुधबार, कार्तिक २४ १८:२३

नेपाल मा भोलिदेखी जनगणना सुरु हुँदै।

खबरचित्र सम्बादाता धनगढी ।हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक १५ गतेबाट सुरु हुँदैछ। यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ। सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गर्न लागिएको सो अवसरमा जानकारी गराइएको छ।
जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए। उनका अनुसार जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ७७ जिल्ला जनगणना कार्यालय र त्यसअन्र्तगत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन।

Sharing is caring!

भरत भट्टको ‛‛ह्यप्पि तिहार देउसी रे ’’गीत सार्वजनिक (भिडियो सहित)
बुधबार, कार्तिक २४ १८:२३
आउँदो चुनाव मा नेकपा एमालेको धरौटी जफत हुन्छ :पर्यटन मन्त्री आले
बुधबार, कार्तिक २४ १८:२३
shares