९ माघ २०७८, आईतवार
भारतमा कोरोना भाइरसबाट थप सात हजार ४४७ सङ्क्रमित
शुक्रबार, पुष २ २३:००

भारतमा कोरोना भाइरसबाट थप सात हजार ४४७ सङ्क्रमित

नयाँ दिल्ली: भारतमा कोरोना भाइरसबाट थप सात हजार ४४७ सङ्क्रमित भएका छन्। सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ८६९ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८६ हजार ४१५ रहेको छ। अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०।२५ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ। यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले जनाएका छन्।
गएको २४ घण्टामा भारतमा सात हजार ८८६  कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ६२ हजार ७६५ जनालाई कोरोना सङ्क्रमण निको भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८।३८ प्रतिशत रहेको जनाइएको छ। यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ।

Sharing is caring!

Latest News

श्रीलङकामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न ।
शुक्रबार, पुष २ २३:००
धनगढीमा एक बालिका मृत अवस्थामा फेला//
शुक्रबार, पुष २ २३:००
shares