शुक्रबार, पुष २ २३:२०
धनगढीमा एक बालिका मृत अवस्थामा फेला//
खबरचित्र सम्बादाता —कैलालीको धनगढीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन । कैलालीको धनगढी उपमहानगरपालिका- ३ की १५ वर्षिया लक्ष्मी धामी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन ।
बिहिबार साँझ करिब साढे ५ बजेको समयमा उनि आफ्नै घरमा कोठाको ढोकामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले उनी डिप्रेशनको बिरामी रहेकी र औषधी सेवन गर्दै आईरहेको बुझिन आएको जानकारी दिए ।

