८ बैशाख २०८१, शनिबार
देश लोकतन्त्रको नाममा लुटतन्त्र भएको छः’ राप्रपा अध्यक्ष लिंगदेन
बिहीबार, पुष २२ १७:४१

देश लोकतन्त्रको नाममा लुटतन्त्र भएको छः’ राप्रपा अध्यक्ष लिंगदेन


धनगढी, २२पुष राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले अहिलेका राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको बताएका छन् । बिहिबार धनगढीमा राप्रपाका पार्टी कार्यकर्ताहरुलाइ सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्गदेनले सो कुरा बताएका हुन् ।
अहिलेका राजनीकि दलका नेताहरुले राजनीतिलाई पैशा कमाउने पेशा बनाएको प्रति आक्रोश व्यक्त गर्दे अब ति काँग्रेस कम्न्युष्टका बिरुद्ध भण्डाभोर अभियान गर्नुपर्ने बताएका छन् ।

राप्रपाले कडा प्रतिबाद गर्छ यसका बिरुद्धमा सडक संघर्ष सम्म पनि जान कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन् ।
अध्यक्ष लिङ्गदेनले राप्रपा पार्टीमा जसरी नेतृत्व परिवर्तन ग¥यो त्यसरी जनमतको कदर गर्दै अब देश शत्ता परिवर्तन गर्ने समेत चेतावनी दिएका छन् । देश बिग्रीए संगै लाखौ युवाहरुको भविश्य पनि अन्धाकार तर्फ धकेलिदैछ त्यसैले सबै एकजुट भएर परिर्वतनको पक्षमा लाग्न समेत लिङ्गदेनले आग्रह गरे ।


अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बद्ला लिने मौका आउँछ’, उनले भने ।, ‘निर्वाचनमा काङ्ग्रेस, कम्युनिस्टको विकल्प खोजौँ । यिनीहरूको पञ्जाबाट मुलुकलाई मुक्त गरौँ ।’ अध्यक्ष लिङदेलले अब राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता रहेको बताएका छन् ।

Sharing is caring!

सुदूरपश्चिम महोत्सव यस बर्ष हुने
बिहीबार, पुष २२ १७:४१
महाकाली सामुदायिक वनको १४औ बार्षिक साधारण सभा सम्पन्न
बिहीबार, पुष २२ १७:४१
shares