९ माघ २०७८, आईतवार
महाकाली सामुदायिक वनको १४औ बार्षिक साधारण सभा सम्पन्न
शनिबार, पुष २४ १०:२४

महाकाली सामुदायिक वनको १४औ बार्षिक साधारण सभा सम्पन्न

कंचनपुर पुष ,२४ कंचनपुरको महाकाली सामुदायिक वनको एक कार्यक्रमका विच १४औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सुदुर पश्चिम् प्रदेशका आर्थिक मामिला मन्त्री तारा लामा तामाङको प्रमुख अतिथ्यता संस्थाका अध्यक्ष वीर बहादुर राजबन्शीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सभामा बोल्दै सुदुर पश्चिम् प्रदेशका आर्थिक मामिला मन्त्री तारा लामा तामाङले दैनिक उपभोग्य बस्तु काठ , दाउरा, जडिवुटी, बन्यजन्तु हामीले बनजंगलबाटै पाउछौं, यहाँ सम्मकी पानीको मुहान पनि बन जंगल हो । वनको विनासले खडेरी जस्ता समस्या निम्ताउन सक्छ, त्यस करण वन संरक्षण अति अवाश्यक गर्नु पर्ने बताए । समुदायक बन नजिक खोला रहेकोले तेस ठाँउमा आउत जाउत गर्न समस्या रहेका कारण तेस ठाँउमा १५ दिनभित्र पुल निर्माणका लागि पहल गर्ने मन्त्री लामा तामाङले बताए ।

बैज्ञानिक बनको संरक्षणको गर्ने उद्देश्यले यसको योजना सहित संरक्षणका काम गर्नु पर्ने जिल्ला डिभिजन वन कार्यलय कंचनपुरका प्रमुख शम्भु प्रसाद तिवारीले बताउनु भयो ।

समुदायक बन बाट नेपाल सरकारलाई १३ लाख ८१ हजार राजस्व बुझाएको र बनको संरक्षण,सम्भर्धन,र बिकास संगै समुदायक बनको आम्दानीले उपभोक्त हरुको जिवन उकास्न घुम्ती कोषबाट आर्थिक सहयोग गरेको बताए ।

समुदायक बनमा सहयोग पुर्याएको भन्दै २ जनालाई सम्मानित समेत गरिएको थियो । समुदायक बन क्षेत्रफल १९७ हेक्टरमा फैलिएको छ भने यसका उपभोक्तहरु २३८ रहेका छन । आर्थिक बर्ष ०७७÷०७८को प्रगती आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

Sharing is caring!

Latest News

देश लोकतन्त्रको नाममा लुटतन्त्र भएको छः’ राप्रपा अध्यक्ष लिंगदेन
शनिबार, पुष २४ १०:२४
डि एम टि टुर्स एण्ड ट्राभल्स ले सुरु गर्यो आफ्नै बस सहित को उच्च गुणस्तरीय ट्राभल्स सेवा।।।
शनिबार, पुष २४ १०:२४
shares