१३ बैशाख २०८१, बिहीबार
गोदावरी नगरपालिकालाई  कार्यसम्पादन मूल्यांकनमा ६०.३७ प्रतिशत अंक प्राप्त
सोमबार, फाल्गुन २३ २३:०७

गोदावरी नगरपालिकालाई कार्यसम्पादन मूल्यांकनमा ६०.३७ प्रतिशत अंक प्राप्त


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले कार्यसम्पादन मूल्यांकनमा ६०.३७ प्रतिशत अंक प्राप्त गरेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन सूचक रिपोर्ट अनुसार गोदावरीले कैलालीका अन्य स्थानिय तह भन्दा राम्रै अंक प्राप्त गरेको हो ।

कैलालीमा सबैभन्दा बढी कैलारी गाउँपालिकाले ७६.४९ प्रतिशत अंक प्राप्त गरेको छ । जुन देशभरीमा सबै भन्दा बढी अंक ल्याउने स्थानिय तहहरु मध्ये एक रहेको छ । त्यसपछि धनगढी उप महानगरपालिकाले ६८.८८ प्रतिशत अंक प्राप्त गरेको छ ।

आयोगले तयार गरेको रिपोर्ट अनुसार ४२ तहले सय अंकभारमा ७० भन्दा बढी अंक प्राप्त गर्दा एउटा पनि महानगरपालिका र उपमहानगरपालिका परेका छैनन् । ४० भन्दा कम अंक ल्याउने २४ स्थानीय तहमा भने एउटा उपमहानगरपालिका पनि परेको छ ।

आयोगको प्रतिवेदनअनुसार दुई सय ४९ स्थानीय तहले ६० भन्दा बढी अंक ल्याएका छन् । कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अजयमेरु गाउँपालिका देशभरकै पहिलो भएको तथ्याङक सार्वजनीक भएको छ । ४२ तहले सय अंकभारमा ७० भन्दा बढी अंक प्राप्त गर्दा अजयमेरु गाउँपालिका पहिलो नम्बरमा रहेको देखाएको छ ।

६० अंक एउटा पनि महानगरपालिका र उपमहानगरपालिकाले कटाउन सकेको छैनन् । ४० भन्दा कम अंक ल्याउने २४ स्थानीय तहमा भने एउटा उपमहानगरपालिका पनि परेको छ ।

आयोगको प्रतिवेदनअनुसार दुई सय ४९ स्थानीय तहले ६० भन्दा बढी अंक ल्याएका छन् । ७० भन्दा बढी अंक ल्याउने तह ४२ ओटा छन् ।

Sharing is caring!

कैलारी गाउँपालिका कार्य सम्पादन मूल्याङ्कनमा उत्कृष्ट
सोमबार, फाल्गुन २३ २३:०७
नयाँ गित चलो चली हो सजनी छिटै बजारमा आउँदै
सोमबार, फाल्गुन २३ २३:०७
shares