चर्चा बटुल्दै “ सातौ जनम २ ´´(भिडियो सहित )
धनगढी , रबिन चौधरी र मायरा चौधरीको आवजमा सजिएको “सातौ जनम २´´ ले निकै चर्चा बटुल्दै रहेको छ ।हिरा चौधरीको शब्द रोहित सिंह चौधरीको संगीतमा रहेको गीतमा हिरा चौधरी र मुस्कान चौधरीले अभियान गरेका हुन । प्रेम कथाम आधारित चखेवाको जोडी जिन्दगी भरिको लागि एकै पल पनि एक अर्काको साथ छोड्दैनन । निल गगनमा उड्दा होस या गहिरो तलैयामा डुबुल्की लगाउदा होस,यो प्रेमिल जोडि एक अर्काको परिपुरक बनी बाच्दछन। एक बिना अर्कोको कुनै अस्थित्व नै मान्दैनन् त्यसैले दुर्भाग्यवश आफ्नो जोडिको मृत्यु भएको पल आफू पनि त्यही शोक मा मृत्युबरण गर्दछन।
आफ्नो प्रेमीको शोकमा प्राण त्याग्नु एउटा अमर प्रेमको दृष्टान्त हो र सातौ जुनि पनि यस्तै अमर प्रेमको एउटा कथा हो ।
यहि कथालाई हिरा चौधरीले निर्देशन गरेका छन ।गीतको म्युजिक भिडियोलाइ मदमक्स ( बिक्रम)ले छायांकन तथा ड्रोन गरेका हुन भने सुरज महतोले सम्पादन गरेका छन।यो गीतको म्युजिक भिडियो सेबिल इन्टरटेनमेन्ट युटुबबाट सार्वजनिक गरिएको छ ।
